Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जन‘भारतीय फिल्म ‘आदिपुरूष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चाए सम्म फिल्म चल्न दिन्न’

‘भारतीय फिल्म ‘आदिपुरूष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चाए सम्म फिल्म चल्न दिन्न’


काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश केही शब्दलाई लिएर बिरोध जनाएका छन् । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म काठमाडौं महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बालेनले बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए। उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए। शुक्रबार देखि विश्वव्यापी रुपमा फिल्म प्रदर्शन हुन लागेको छ ।

नेपालमा भने उक्त विवाद देखिएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

 


क्याटेगोरी : मनोरञ्जन

तपाईको प्रतिक्रिया