Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनदीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक

दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक


काठमाडौं । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत ‘जापानी टाइफन’ सार्वजनिक भएको छ । करिब १ बर्ष अघि नेपाल आएर गीती एल्बम सार्वजनिक गरेकी गायिका झाले गायक महेश मुखिया संगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएकी हुन् ।

लोक डान्सिङ शैलीको गीतमा डा. बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको छ । गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ । प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसनको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक महेश मुखियाको यसअघि ‘केहि दिन म टाढ हुँदै छु’,‘माथी माथी लेकमा’, ‘सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ गीतहरु दर्शकले रुचाइएका गीतहरुमा पर्छन ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको प्रतिक्रिया