Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रशासकीय अधिकृतसहित बैंक तथा वित्तीय संस्थाका ११ जना कर्मचारीमा कोरोना संक्रमण

प्रशासकीय अधिकृतसहित बैंक तथा वित्तीय संस्थाका ११ जना कर्मचारीमा कोरोना संक्रमण


बटुकनाथ झा
जनकपुरधाम, भदौ १०
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतसहित धनुषामा बैंक तथा वितीय संस्थाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिएका छन् ।

प्रयोगशालाबाट आएको रिपोर्टअनुसार राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र जानकी फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणिज्य बैंकमा २२ र ३० वर्षीय महिला र ५४ वर्षीय पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एभरेष्ट बैंकमा २९ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल बैंकमा ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपाल बंगलादेश बैंकमा ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका सुरक्षा गार्ड र एकजना प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको मंगलबार आएको नतिजामा दुवै जनामा संक्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सुरक्षा गार्ड नेपाल प्रहरीका हवल्दारलाई संक्रमण पुष्टि भएको जनाए । यसैगरी धनुषाको इलाका प्रशासन कार्यालय क्षिरेश्वरनाथका साथै जिल्ला प्रहरी कार्यालय धनुषामा समेत खटिइँदै आएका एक जना प्रशासकीय अधिकृतमा संक्रमण पुष्टि भएको उनले बताएका छन् ।

भट्टराईका अनुसार संक्रमण पुष्टि भएका प्रशासकीय अधिकृत तीन दिन जिल्ला प्रशासन र तीनदिन इलाका प्रशासन कार्यालयमा काम गर्ने गरेका थिए । संक्रमण पुष्टि भएका प्रशासकीय अधिकृत होम आइसोलेसन र सुरक्षा गार्डलाई आइसोलेसनमा पठाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन् । कोरोनाकै कारण महोत्तरीमा दुई जनाको मृत्यु समेत भएको छ ।

जिल्लाको मनरा सिसवा नगरपालिकाका ७४ र बलवा नगरपालिकाका ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । क्यान्सरका बिरामी रहेका मनरा सिसवाका ७४ वर्षीय पुरुषलाई विगत ३ गते चितवनको भरतपुरमा संक्रमण पुष्टि भएको थियो । यसैगरी मेरुदण्डसम्बन्धी समस्या रहेका ७७ वर्षीय पुरुषको ६ गते संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य संयोजक गिरेन्द्रकुमार झाले जानकारी दिए ।

झाका अनुसार बलवाका ७७ वर्षीय पुरुषको प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । यसैगरी मनरा सिसवाका ७४ वर्षीय पुरुषलाई उपचारको लागि जलेश्वर आइसोलेसनमा ल्याउँदा गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x