Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखाको उच्च क्षेत्रमा हिमपात

दोलखाको उच्च क्षेत्रमा हिमपात


दोलखा ।
दोलखाको उच्च क्षेत्रमा रहेका ठाउँहरूमा हिमपात हुन सुरु भएको छ । दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, खरिढुङगा, चेर्दुङ, बाघखोर बजारलगायतका क्षेत्रहरूमा शुक्रबारदेखि हिमपात हुन सुरु भएको हो । लामो समयसम्म पानी नपरेको कारण यसवर्ष हिमपात भएको थिएन । यसवर्ष पहिलो पटक शुक्रबार दिउँसोदेखि जिल्लाको उच्च भेगमा हिउँ पर्न थालेको हो । कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायी नवराज तामाङले हिउँ पर्न थालेपछि कालिञ्चोकमा हिउँ खेल्ने पर्यटकहरू पनि भित्रिन थालेको बताए । हिमपात भएसँगै चिसो बढेको कारण यस क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ ।

हिमपातले होटल व्यवसायी उत्साहित : दोलखाको उच्च क्षेत्रमा शुक्रबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । लामो समयको अन्तरपछि हिमपात हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्ने भएकोले यहाँका होटल व्यवसायीहरू उत्साहित देखिएका छन् । पर्यटक प्रमुख रोजाइमा रहेको कालिञ्चोकमा गत वर्ष मंसिरमै हिउँ पर्ने गथ्र्याे तर यस वर्ष माघको अन्तिम कट्दासमेत हिमपात नहुँदा कुरीका होटल व्यवसायी निराश बनेका थिए ।

शुक्रबारदेखि हिमपात हुन् थालेपछि सो क्षेत्र तथा तल्लो भेगका होटल व्यवसायी समेत पर्यटकको आगमनले व्यवसाय बढ्ने आसमा रहेका छन् । शुक्रबारदेखि झरिरहेको हिउँले शनिबार कालिञ्चोक भरिभराउ देखिएको छ । हिमपात हुनेबित्तिकै पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुनेगरेको स्थानीयले जानकारी दिएका छन् । लामो समयदेखि कुरी बजारमा होटल व्यवसाय गर्दै आएका नवराज तामाङका अनुसार शुक्रबारभन्दा शनिबार बाक्लो हिमपात भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया