Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरिमार्जित सांस्कृतिक नीति तयार गरिने

परिमार्जित सांस्कृतिक नीति तयार गरिने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वद्र्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाएका छन् । जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न समयानुकूल सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताएका हुन् ।

भाषिक र सांस्कृतिक विविधतासहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टाहरुलाई पुरस्कृत समेत गरेका थिए । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका छन् । चौधौँ शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा कोष स्थापना भई मैथिली भाषाका स्रष्टाहरलाई सम्मान गर्न सुरु गरिएको थियो ।

यो कदम नेपालमा दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाप्रतिको सम्मान भएको मन्त्री श्रेष्ठले बताए । विद्यापतिद्वारा रचित गीतहरु अहिले पनि मिथिलाबासीको जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरुमा भजनका रुपमा गुञ्जिँदै आएको छ । विद्यापतिका गीत र रचनाहरु नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको विषय भएको मन्त्री श्रेष्ठको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x