Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी छनौट

मोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी छनौट


काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनौट भएका छन् । देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएका हुन् । छनौट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगिताको यो सातौँ संस्करण हो । यो पटक प्रतियोगितामा ‘जोय मोडल हन्ट नेपाल’को रुपमा आयोजना हुँदै छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगिताको छनौट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (व्यावसायिक मोडल, अनिशा शाक्य र प्रविन चापागाईं (मोडल हन्ट नेपाल विजेता २०२१) मिष्टर नेपाल २०२२ का विजेता नुतन श्रेष्ठलगायत थिए । विगत सात वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद पाँच लाखबराबर उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ माहिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x