Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसीताराम डेरीको नयाँ बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा

सीताराम डेरीको नयाँ बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा


काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध तथा दूधद्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा सञ्चालनमा ल्याएको छ । सीताराम डेरीको चौथो तथा आफ्नै दोस्रो बिक्री केन्द्र हो । कीर्तिपुरको नयाँबजारमा खुलेको बिक्री केन्द्रको उद्घाटन हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार दिपकराज गिरी र जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा कलाकार गिरीले सीताराम ब्रान्ड स्थापित भइसकेको र यसले गुणस्तरीय उत्पादन गर्दै दीर्घकालसम्म निरन्तर रुपमा लागिरहने बताए । सीताराम दूधले २७ वर्षदेखि निरन्तर उत्पादनहरु बजारमा ल्याउन सफल रहेको अभिनेत्री निरौलाले बताइन् । ‘दूधबाट बनेका विभिन्न परिकारहरु जसले मानिसको स्वास्थ्यलाई अत्यन्त लाभदायी हुनेमा दुईमत छैन । हरेक मानिसको घरघरमा सीतारामका उत्पादनहरु पुगून् र यसरी आफ्नै आउटलेट खोली आम ग्राहकहरुलाई सीताराम दूधद्वारा बनेका परिकारहरु पस्किन सफल होस् सीताराम डेरी । हामी सधैं साथमा रहनेछौँ’, हास्य कलाकार मुन्द्रेले भने ।

कीर्तिपुरमा खोलिएको सीताराम दूध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सीतारमा दूध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउने कम्पनीले जनाएको छ । चाँडै बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रेन्चाइज मोडलमा र विशेष मोडलमा खोल्दै जाने सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिका अध्यक्ष सुमित केडियाले बताए । यसका साथसाथै यो सीताराम दूधको बिक्री केन्द्र खोलेको शुभअवसरमा सीतारमका हरेक उत्पादनमा यो साउन महिनाभर पाँच प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x