Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी वित्त ८३ अर्ब ५३ करोड रुपैयाँले बचतमा

सरकारी वित्त ८३ अर्ब ५३ करोड रुपैयाँले बचतमा


सुरेश राउत
काठमाडौं, वैशाख १७
सरकारी वित्त बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ८३ अर्ब ५३ करोड रुपैयाँले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति आठ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक संघीय सरकारको कुल खर्च पाँच खर्ब ६२ अर्ब ९७ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च पाँच खर्ब १९ अर्ब ५८ करोड रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन छ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसमा प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश गरिएको समेत बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन पाँच खर्ब २० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । २०७६ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुुई खर्ब १३ अर्ब ९५ करोड रहेको छ । उक्त रकममा स्थानीय तहको खातामा रहेको ६० अर्ब ८५ करोड रुपैयाँ समेतको नगद मौज्दात रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुुल आन्तरिक कर्जा चार दशमलव आठ प्रतिशतले बढ्यो : कुुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल आन्तरिक कर्जा चार दशमलव आठ प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो कर्जा १३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुुसार वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा यस्तो कर्जा १२ दशमलव छ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ दशमलव तीन प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुनमसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा विस्तृत मुद्राप्रदाय सात दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रा प्रदाय आठ दशमलव चार प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १४ दशमलव छ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा÷नोक्सान समायोजित) ३७ अर्ब ८४ करोड अर्थात् तीन दशमलव आठ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ५८ अर्ब ९९ करोड अर्थात् पाँच दशमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा शून्य दशमलव दुुई प्रतिशतले घटेकोे छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा आठ दशमलव तीन प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा सञ्चित मुद्रा सात दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया