Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृह प्रशासन सुधार र क्षमता विकासका लागि सुझावदिन आह्वान

गृह प्रशासन सुधार र क्षमता विकासका लागि सुझावदिन आह्वान


काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा बनाएको उक्त समितिले अहिले अध्ययन गरिरहेको छ ।

गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन अध्ययनपछि समितिले गृह मन्त्रालयलाई बुझाउने छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने बताएका छन् ।

मुख्यगरी स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा सुझावका लागि विषय राखिएको छ । सुझावमा लागि गृह मन्त्रालयको वेबसाइट मा गएर विषयगतरूपमा विवरण लेखी पठाउन सकिने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया