Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यक्ष खनालद्वारा राजीनामा

अध्यक्ष खनालद्वारा राजीनामा


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका छन् । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनले सञ्चार मन्त्री रेखा शर्मा समक्ष मङ्गलवार राजीनामा बुझाएका हुन्। अध्यक्ष खनाल केपी ओली सरकारको पालामा २०७६ साल साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । आगामी साउनसम्म कार्यकाल रहे पनि विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया