Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगमिलेनियम ट्रेकलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड

मिलेनियम ट्रेकलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड


पोखरा । सहश्राव्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनामा पदमार्ग क्षेत्रका स्थानीयवासी, जनप्रतिनिधि एवम् घरवास सञ्चालकबीच पोखरामा गरिएको अन्तरक्रियामा सहभागीले पदयात्रा पर्यटनको प्रवर्द्धनसँगै उत्पादनसँग जोडिन सकेमा अधिकतम लाभान्वित हुन सकिने बताए ।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनः नक्साङ्कन गरी पोखरा महानगर सहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरवास सञ्चालकसहित अन्तरक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पछिल्लो समयमा नेपालको एक मात्र मध्य पहाडी क्षेत्रको सहश्राव्दी पदमार्गमा स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बढीरहेको बताउँदै उनले पदमार्ग क्षेत्रका स्थानीयले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए ।

स्याङ्जाको विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले सहश्राव्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुपर्ने बताए । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उनले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुने धारणा राखे । पर्यटन विज्ञ डा.श्रीकान्त खतिवडा, भूगोल विभाग पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक एवं पुनः नक्साङ्कन उपसमिति संयोजक डा.रामजी पोखरेल, भूगोल विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख नरेश पौडेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आले लगायतले पदमार्ग क्षेत्रका स्थानीयले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुने सक्नेमा जोड दिएका थिए ।

सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना कहरका समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आँफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैंसेगौँडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।


क्याटेगोरी : पर्यटन उधोग, समाचार

तपाईको प्रतिक्रिया