Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुन्डी कारोबारमा किशोरहरुलाई भरियाका रुपमा प्रयोग

हुन्डी कारोबारमा किशोरहरुलाई भरियाका रुपमा प्रयोग


बेलबारी (मोरङ) । मोरङको सीमावर्ती बजार जोगवनी र आसपासका नाकाबाट पछिल्लो समय अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । १८ वर्षमुनिका पक्राउ परेकामध्ये उनीहरू व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

१६ वर्षीय भारतीय मूलका एक किशोरलाई गत कात्तिक १४ गते स्रोत नखुलेको २१ लाख ८७ हजार सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जानकारी दिए।

प्रहरीको अनुसन्धानले हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको देखाएको छ । गुप्ता र साह हाल फरार रहेका छन् ।

विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि सोही कारोबारमा संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्याउने गर्दै गरेको प्रहरीको आशङ्का छ ।

जिल्ला प्रहरीले स्रोत नखुलेको १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी पुष्टी भएको प्रवक्ता दाहालले बताए ।

विराटनगर–१५ का धर्मानन्द साहलाई केही समयअघि स्रोत नखुलेको चार लाख ७५ हजार र सोही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको नौ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । गत असोजमा स्रोत नखुलेको १० लाखसहित अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु–३ का २४ वर्षीय उमाकान्त राय पनि पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया