Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकान्तिपुर सहकारी समस्याग्रस्त घोषणा

कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा


काठमाडौं,बचतकर्ताको रकम हिनामिना गरेको कान्तिपुर सहकारी समस्याग्रस्त भएको घोषणा भएको छ । उक्त सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।‘ अन्य केहीको खोजी कार्य भइरहेको प्र्रहरीले बताएको छ । यसअघि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका तथ्यहरु सार्वजनिक भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया