Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसीआईबीमा ज्ञवाली पदस्थापन हुनेबित्तिकै आरजु देउवा दिल्ली प्रस्थान

सीआईबीमा ज्ञवाली पदस्थापन हुनेबित्तिकै आरजु देउवा दिल्ली प्रस्थान


काठमाडौं, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती सांसद डा. आरजु राणा देउवा शनिबार अकस्मात भारतको राजधानी नयाँदिल्ली प्रस्तान गरेकी छन् । उनी भिस्तारा एयरलायन्सको जहाजबाट दिल्ली गएकी हुन् ।यसअघि उनी गत फागुन १७ गते नेपाल एयरलायन्सको नियमित उडानबाट दिल्ली गएर २२ गते स्वदेश फर्किएकी थिइन् । अकस्मात दिल्ली प्रस्थान गर्नुअघि उनले बाँदरको बन्ध्याकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली जानलागेका सांसदको टोलीलाई शुक्रबार नै बिदाइ गरेकी थिइन् । तर, उनले दिल्ली जान बिदाइ गरेका सांसदहरू दिल्ली जानुअघि नै आफैँ अकस्मात दिल्ली उडेर सबैलाई चकित पारेकी छन् । विगत लामो समयदेखि उनको दिल्लीमा स्वास्थ्यउपचार हुँदै आएको छ । उनी दिल्ली उड्नुअघि मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर श्यालाल ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्वेवारी दिएको छ ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको मिलेमतोमा आईजीपी वसन्तबहादुर कुँवर समेतलाई बाइपास गरेर असार ९ गते देउवापत्नी डा. आरजु राणा र पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न आदेश भएको थियो । संयोगवश उनीहरू पक्राउ पर्नबाट जोगिएका थिए । त्यसपछि देउवा दम्पतीको दबाबमा प्रहरी प्रधान कार्यालयको कार्यविभागमा थन्(क्याइएको थियो । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीआईबी प्रमुख बनाएलगत्तै नेतृ आरजु देउवा दिल्ली प्रस्थान गर्नुलाई अनौठो संयोग मानिएको छ ।

तत्कालीन गृहमन्त्री श्रेष्ठले ज्ञवाली उपत्यका प्रहरीप्रमुख हुँदा उनलाई समानान्तर आईजीपीको रूपमा दुरूपयोग गरेका थिए र आईजीपी कुँवरलाई हेडक्वार्टरको थापना बनाएका थिए । अहिले त्यही आईजी सचिवालयअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख बनाएर सरकारले ज्ञवालीलाई पठाएपछि उनीहरूबीच समन्वय भएर काम हुने सम्भावना कम नै देखिन्छ । एआईजी ज्ञवाली आफ्नो मिसनमा दृढ प्रहरी मानिन्छन् । हेडक्वार्टरको कुनामा लगेर थन्क्याइएका ज्ञवाली अकस्मात शक्तिमा फर्किँदा आईजीपी कुँवर र देउवापत्नी राणालाई त्यति सहज हुन सकेको छैन ।


क्याटेगोरी : बिबिध, बिशेष, समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया