Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजबाट

पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजबाट


काठमाडौं । विकासको सवालमा नवीन सोच र तयारीलगायतका विषयमा केन्द्रित ‘पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन’ आजदेखि ललितपुरमा सुरु हुँदैछ । पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्न लागेको यो सम्मेलनमा विकासको सवालमा नवीन सोच, तयारी र ज्ञान आदानप्रदान हुनेछ । क्याम्पसको अर्थशास्त्र विभागका प्रमुख डा रघुवीर विष्टले नयाँ पुस्ता, नीति निर्माण तहमा रहेका वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एकै ठाउँमा उपस्थित भएर प्राज्ञिक शोध र अनुसन्धानबाट आर्थित ज्ञान आदानप्रदान हुने बताएका छन् ।

अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासनजस्ता नयाँ विषय जोडिएको, कोभिड–१९, क्षेत्रीय द्वन्द्वजस्ता गतिविधिले प्रभाव पारेको सन्दर्भमा यो सम्मेलन फलदायी हुने विश्वास क्कयाम्पसले गरको छ ।

नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न सहज रहेको डा विष्टको भनाइ छ । उनले यस विषयमा छलफल प्रारम्भ गर्नु आजको टड्कारो आवश्यकता भइसकेको बताए ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्ने छ ।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।

सम्मेलन चैत १५ र १६ गते ललितपुर पुलचोकस्थित होटल स्क्वायरमा चल्ने छ । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाका प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ । यस्तै त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदुरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक÷सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् । सम्मेलनमा दुई जना विज्ञबाट (किनोट लेक्चर) र पाँच विज्ञ सम्मिलित एक प्यानल छलफल हुनेछ । सम्मेलनमा कुल एक सय ५० जनाको सहभागिता रहनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया