Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुखद्वारा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त

सभामुखद्वारा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त


काठमाडौँ । नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया