Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता


काठमाडौँ । मुलुकको समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

मंगलबार भएको उक्त भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया