Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा

श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा


काठमाडौं, असार ३
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेको छ  । श्रममन्त्री रामेश्वर राय यादवले सरकारको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको यो कार्यक्रम अगाडि बढेको बताएका हुन् । ‘श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ’, मन्त्री यादवले भने, ‘कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थपना कार्य अघि बढाएका छौं ।’

विकास र औद्योगीकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पु-याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको उनले प्रष्ट पारे । मंगलबार श्रमिक बैंकसम्बन्धी विज्ञ टोलीले श्रमिक बैंकको कार्यान्वयन विषयमा मन्त्रालयमा प्रस्तुतीकरण समेत गरेका थिए । श्रम बैंकमार्फत स्वदेशमा कार्यरत र वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई विभिन्न प्रयोजनका लागि सुलभ ऋण र योगदानमा आधारित कल्याणकारी सेवा (रोजगारी सूचना, निवृत्तिभरण, उपदान, औषधि उपचार सहयोग, बीमा आदि) जस्ता सुविधा दिन सकिने अवधारणाअनुरुप आएको हो । त्यसैगरी रोजगारी खोज्ने र रोजगारी दिनेबीचको विवरण एकीकृत रुपमा श्रम बैंकमा रहने हुँदा दुवै पक्षलाई लाभकारी हुने समेत बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया