Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई महिनामा २१ कम्पनीको बोनस सेयर थप

दुई महिनामा २१ कम्पनीको बोनस सेयर थप


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा पछिल्लो दुई महिनाको अवधिमा दुई अर्ब दुई करोड ८४ लाख ८८ हजार सात सय १२ रुपैयाँ २७ पैसाबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो दुई महिना अर्थात् साउन २ देखि यही असोज ५ गतेसम्मममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका २१ वटा कम्पनीहरुको दुई करोड दुई लाख ८४ हजार आठ सय ८७ दशमलव १२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोर्डका अनुसार पछिल्लोपटक तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको १३ लाख ७३ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि ३९ करोड ३४ लाख ३५ हजार छ सय १९ रुपैयाँबराबरको ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

पछिल्लो अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाको एक करोड ५८ लाख ७९ हजार दुई सय ४० रुपैयाँबराबरको एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता, नागवेली लघुवित्त वित्तीय संस्थाको चार करोड ३५ लाख ९६ हजार छ सय ७० रुपैयाँबराबरको चार करोड ३५ लाख नौ हजार छ सय ६६ दशमलव ७० कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ५७ लाख ५७ सय रुपैयाँबराबरको ५७ हजार ५७ कित्ता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन करोड २० लाख रुपैयाँबराबरको तीन लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोन बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङदी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाको पनि दुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया