Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार छली गरी ल्याइएका अवैध सामग्री प्रहरीद्वारा बरामद

भन्सार छली गरी ल्याइएका अवैध सामग्री प्रहरीद्वारा बरामद


कञ्चनपुर ।
कञ्चनपुरका विभिन्न क्षेत्रमा भन्सार छली गरी ल्याइएका तीन लाख १७ हजार आठ सय मूल्यबराबरका अवैध सामग्री कञ्चनपुर प्रहरीले बरामद गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर १, ४ र ६ का विभिन्न स्थानबाट अवैधरूपमा भन्सार छली गरी ल्याइएका केराउ ३६ कट्टा, मलखाद २७ कट्टा, पेन्ट्स र हार्डवेयरका सामग्रीहरू समेत गरी करिब एक लाख ८८ हजार सात सय मूल्यबराबरको उक्त सामग्री र दुई थान मोटरसाइकल प्रहरीले बरामद गरेको हो । ती सामग्री र मोटरसाइकलहरू आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर चोकबाट सोमबार अवैधरूपमा नेपाल ल्याइएको बिँडी र प्याज नियन्त्रणमा लिएको छ । बेलौरी बस्ने २९ वर्षीय ललित महराले मोटरसाइकलमा ल्याउँदै गरेको प्याज र बिँडी तथा कलुवापुर पिपल चौताराबाट बेवारिसे अवस्थामा रहेको चार कट्टा बिँडी गरी करिब एक लाख १५ हजार मूल्यबराबरको सामग्री र महरालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीबाट अवैधरूपमा ल्याइएकोे करिब १४ हजार एक सय मूल्यबराबरको ४७ प्याकेट धनियाँको बीउ समेत बरामद गरेको छ ।

तस्करका मोबाइल स्क्रिनगार्ड सशस्त्र प्रहरी फन्दामा : कोरोना कहरको मौका छोपी तस्करले भारतबाट तस्करी गरी ल्याएका मोबाइलका स्क्रिनगार्ड सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार नकाटेर अवैधरूपमा भारतबाट ल्याइएको झण्डै तीन हजार थान मोबाइलका स्क्रिनगार्ड कञ्चनपुरको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणअन्तर्गतको दोदा बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी वरिष्ठ हबल्दर भानसिह भाट कमाण्डको टोलीले पुनर्वास नगरपालिका १० विकास बस्तीबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गर्दा मोबाइलका स्क्रिनगार्ड बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरेन्द ऐरले दुई हजार नौ सय ३० पिस बोकेर ल्याउँदै गर्दा सशस्त्र प्रहरीले टोली देखेपछि तस्करले सामान छाडेर भागेको बताए । बरामद गरिएका दुई लाख ९० हजारबराबरका मोबाइल स्क्रिनगार्ड कैलाली भन्सार बुझाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया