Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक वर्षको दुई महिनामा छ सय ६८ जना पर्यटक खुम्बु पुगे

आर्थिक वर्षको दुई महिनामा छ सय ६८ जना पर्यटक खुम्बु पुगे


महेन्द्र शाही
सोलुखुम्बु ।
चालू आर्थिक वर्षको दुई महिनामा सोलुखुम्बुको खुम्बु क्षेत्रमा छ सयभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा खुम्बु क्षेत्रमा छ सय ६८ जना आन्तरिक तथा बाह्य पर्यटक खुम्बु क्षेत्र पुगेको गाउँपालिकाले जनाएको छ । असोज महिनामा एक सय ४६ नेपाली र २५ विदेशी गरी एक सय ७१ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । कोरोनाका कारण खुम्बु क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्यामा भारी मात्रामा गिरावट आएको हो । अघिल्ला वर्षहरूमा खुम्बु क्षेत्रमा असोज महिनासम्म दैनिक करिब एक हजारको हाराहारीमा पर्यटक आउने गरेका थिए ।

त्यस्तै पर्यटकीय क्षेत्र खुम्बुमा कात्तिक महिनमा जम्मा चार सय नौ नेपाली, सार्क राष्ट्रका १० र अन्य ९८ विदेशी पर्यटक खुम्बु भ्रमण तथा हिमाल आरोहणका लागि पुगेका हुन् । असोज महिनादेखि पर्यटकीय गतिविधि सञ्चालन अनुमति पाएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको हो । तर अहिले खुम्बु क्षेत्रमा आउने अधिकांश पर्यटक स्वदेशी नै रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जानजाएके छ । अघिल्लो वर्षको चैत्र महिनादेखि कोरोनाका कारण देशमा लकडाउन भएपछि भदौ महिनासम्म मुख्य पर्यटकीय सिजनमा खुम्बु सुनसान रहेको थियो । कोरोनाको कारण जारी गरिएको लकडाउन हटेपछि खुम्बुमा पर्यटकको चहलपहल केही मात्रामा बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया