डोलराज शर्माद्वारा वडा भवन निर्माणमा अवरोध

काठमाडौं ।
वडा कार्यालयको भवन निर्माणमा डोलराज शर्माले अवरोध पु-याएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर २ को वडा कार्यालयको भवन निर्माणमा अवरोध पु-याएका हुन् । उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको आफ्नो सम्पर्कमा रहेका कर्मचारीहरुलाई लगाएर वडा कार्यालयको भवन निर्माणमा अवरोध पु-याएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरेका शर्मा राजस्व समूहका कर्मचारी थिए । त्यतिबेला अख्तियारले उनको घरमा छापा मार्दा गमलामा गाडेको अवस्थामा थुप्रै सुन बरामद गरेको थियो । त्यस घटनापछि उनी गमलामा सुन रोप्ने कर्मचारीको रुपमा प्रचारित छन् ।
अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजस्वका २२ कर्मचारीहरुमाथि छानबिन गर्दा कारबाहीमा परेकामध्येका उनी चर्चित पात्र हुन् । त्यसपछि सरकारी जागिरबाट हात धुनुपरेपछि उनले सिटी एक्सप्रेस नामको रेमिट्यान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थामा लगानी गरेको देखाएर आफ्नो सम्पत्तिलाई वैधता देखाउँदै आएका छन् ।
उनले आफ्नो विगतलाई बिर्सिएर अहिलेको सम्पत्तिको तुजुक देखाएर परराष्ट्र मन्त्रालयमातहतका कारबाही नपरेका पुराना दौतरियाहरुलाई उपयोग गरेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेको २ नम्बर वडाको कार्यालय भवन निर्माण प्रक्रिया अवरुद्ध बनाउने दुष्प्रयास गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा
- ६१ प्रतिशतले घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- संसारमा थपिए छ सय १० नयाँ अर्बपति
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया