Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु


दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका– ५ धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्युको भएको छ । दुर्घटनामा परी चालक भने गम्भीर घाइते भएका छन् । नवलपरासीबाट लामोसाँघु–जिरी सडक आयोजनामा निर्माण सामग्री लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार सहचालकको मृत्यु भएको हो ।

ना७ख ३२६८ नम्बरको ट्रक भीमेश्वर नगरपालिका–५ धरमघरमा दुर्घटना हुँदा चितवन राप्ती नगरपालिका– ९ रसौली बस्ने अन्दाजी २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । घाइते बरालको चरीकोट अस्पतालमा उपचार भइरहेको दोलखाकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् । मृतकको शव पोस्टमार्टमका लागि चरीकोटस्थित शवगृहमा राखिएको छ । उक्त ट्रक चरीकोट–जिरी सडक विस्तार आयोजनाको निर्माण कम्पनी उडहिल लामा जेभीको निर्माण सामग्री बोकेर दोलखा आएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया