राजस्व अनुसन्धानद्वारा तीन कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ ।
राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले तीनवटा कम्पनीविरुद्ध मुुद्दा दर्ता गरेको छ । विभागका अनुसार झूटो तथा नक्कली मूल्यअभिवृद्धि करबीजक प्रयोग गरी तथा सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको कसुरमा तीनवटा फर्महरूका प्रोपाइटर तथा मुख्य अभियुक्तहरूबाट १९ करोड ९६ लाख रुपैयाँ बिगोसहित मुुद्दा दर्ता गरिएको हो ।
यसअन्तर्गत ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपा बस्ने कविला सप्लायर्स सेन्टरका प्रोपाइटर नवलकिशोर चौधरीबाट दुुई करोड १४ लाख ३० हजार दुुई सय ३८ रुपैयाँ, धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालीका वडा नम्बर २ सानेपा बस्ने शिवम् प्याकेजिङ एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर सीतादेवी जयसवालबाट पाँच करोड ९९ लाख ६५ हजार नौ सय १९ रुपैयाँ र रौतहट जिल्ला, स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी बस्ने जय श्रीगौतम सप्लायर्सका प्रोपाइटर मुकेश प्रसाद चौधरीबाट पाँच करोड ३२ लाख १६ हजार एक सय ८८ रुपैयाँ समेत गरी १३ करोड ४५ लाख १२ हजार तीन सय ४५ रुपैयाँ बिगो असुल गरी जरिवाना एवं मागदाबी लिई पुुस ५ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको विभागले जानकारी दिएको छ ।
नक्कली भ्याट बिल प्रयोग गर्ने बाराको बुनियाबाद गा.पा.१ स्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर जगदिश सहनी मलाह समेत सात जनाबाट चार करोड ७९ लाख ६९ हजार चार सय ४७ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी लिई पुुस १ गते उच्च अदालत पाटनमा मुुद्दा दर्ता गरिएको छ । यसैगरी कास्की जिल्ला, पोखरा म.न.पा २२ स्थित अनुस्का मल्टिप्रपोज कम्पनीका प्रोपाइटर शिवलाल तिमल्सिना समेत तीन जनाबाट एक करोड ८२ लाख ५३ हजार चार सय ६१ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी लिई पुस ५ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता विभागले जानकारी दिएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया