पर्यटकीय गन्तव्यहरुको विश्वमाझ उजागर हुने गरी ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन आग्रह

काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर हुने गरी ‘प्रवद्र्धनात्मक कार्यक्रम’ ल्याउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले यस कार्यक्रमलाई प्रभावकारी हुने गरी अघि बढाउन सार्वजनिक सूचना जारी गरी सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई समेत सचेत गराएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित हुलाक टिकट प्रकाशन समारोहमा बोल्दै उनले भने, ‘नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरुको देश, विदेशमा पहिचान गराउन हुलाक टिकट प्रकाशन गरेर जुन भूमिका खेल्दै आइएको छ, त्यस्ता परम्परा र अभ्यासहरुलाई निरन्तरता दिँदै नेपालको भाषा, जाति, धर्म, संस्कृति, पर्यटकीय गन्तव्यहरुको विश्वमाझ थप परिचय गराउने काममा हुलाक सेवा विभागले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन सबै पक्षको सहयोग जुटाउन पहल गर्नुपर्दछ ।’
मन्त्री गुरुङले नेपालको भाषा, संस्कृति, परम्परा, पर्यटकीय गन्तव्य, धर्म र संस्कृतिको विश्वमा नै पहिचान हुने गरी हुलाक टिकट टाँचा लगाउने अभ्यास र परम्परा रही आएको स्मरण गराउँदै ती परम्पराको निरन्तरतामा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा मन्त्री गुरुङले लुम्बिनी क्षेत्रको आध्यात्मिक तथा पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी शान्ति दौडको माध्यमबाट भएको योगदानको उच्च कदर गर्दै हुुलाक सेवा विभागले प्रकाशन गरेको २० रुपैयाँ दरमा ‘लुम्बिनी शान्ति दौड’ अंकित हुलाक टिकट र राष्ट्रिय जनगणनाको उच्च सम्मान गर्दै प्रकाशन गरिएको ‘राष्ट्रिय जनगणना २०७८’ को लोगो अंकित १० रुपैयाँ दरको हुलाक टिकटमा टाँचा लगाएका थिए ।
यस्तै कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल ‘राष्ट्र बैंकद्धारा निष्कासित रुपैयाँ १ को प्रथम कागजी नोटको तस्वीर’ अंकित हुलाक टिकट र ‘एभरेष्ट स्काई ड्राईभ’ अंकित हुुलाक टिकटमा टाँचा लगाए । एभरेष्ट स्काई ड्राईभ संसारकै सबैभन्दा उच्च स्थानमा अवतरण गर्ने साहसीक खेलबारे अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने गरी त्यसको पनि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागमा महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिए ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया