Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्वतमा दुई मोटरेबल पुलको एकसाथ उद्घाटन

पर्वतमा दुई मोटरेबल पुलको एकसाथ उद्घाटन


काठमाडौं ।
पर्वत जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण भएका दुई पक्की पुलको आइतबार एकसाथ उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको सचिवालयद्वारा आइतबार जारी प्रेसनोटका अनुसार मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले आइतबार उद्घाटन गरेका हुन् ।

रती खोलामा निर्माण भएको १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माणसम्पन्न भएको पुलको लम्बाइ ७० मिटर रहेको छ । दुवैतिर एक दशमलव ७५ मिटरको फुटपाथ रहेको पुलको चौडाइ सात दशमलव ५० मिटर रहेको छ । यो पुल निर्माण भएपछि वर्षाैंदेखि खोलाबाट हिँड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।

यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिनेछ । यस पुलले मोदी गाउ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भइरहेको पोखरा–पामे–पञ्चासे सडकलाई समेत यस पुलले जोड्नेछ ।

त्यसैगरी अम्बोट खोलामा निर्माणसम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् । अम्बोेट खोलामा निर्मित पुलको लम्बाइ २५ मिटर र चौडाइ सात दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल चार करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया