Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्री पुनद्वारा दूधकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

मन्त्री पुनद्वारा दूधकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण


काठमाडौं, पुस २३
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त विद्युत् आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन् । उक्त आयोजना खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा निर्माण हुँदै छ । निरीक्षणपछि खोटाङको रावाबेसी गाउँपालिकामा आयोजित कार्यक्रममा मन्त्री पुनले हाल उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा रहेको जानकारी दिए । उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने प्रयास हुने पनि कार्यक्रममा मन्त्री पुनले बताए ।

एक अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ६० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दूधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी)ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी मन्त्री पुनले दिए । सरकार आयोजनाको बाँकी लगानी जुटाउन स्वदेशी र विदेशी कम्पनीसँगको परामर्शमा रहेको पनि मन्त्री पुनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया