परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता
काठमाडौं, पुस २४
नेपालका लागि संयुक्त अधिराज्य बेलायत राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । निकोल पोलिटलाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल संयुक्त अधिराज्यबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताए । संयुक्त अधिराज्य बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।
उत्पादनमुलक क्षेत्र, वित्तिय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्ष मोरले निकोल पोलिटको ध्यानाकर्षण गराए । सो अवसरमा राजदूत निकोल पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताईन् । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि राजदूत पोलिटले उल्लेख गरिन् ।
भेटवार्तामा परिसंघको अन्तर्राष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न बेलायती लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत पोलिट समक्ष आग्रह गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत बेलायती लगानीकर्ताका लागि उपयुक्त समय आएको शाहले उल्लेख गरे । सो अवसमार परिसंघ सचिवालय तथा बेलायती दूतावासका अधिकारीहरुको पनि उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया