नारायणहिटीको १५ रोपनी जग्गा बतास ग्रुपलाई लिजमा

काठमाडौँ ।
पोखराको बदनाम व्यापारिक समूह बतास ग्रुपले नारायणहिटी राजदरबारभित्र रहेको नेपाल ट्रष्टको सम्पत्तिमा कब्जा जमाउने निश्चित भएको छ । २०४९ सालतिर गोल्डक्वाइस्ट नेटवर्किङको धन्दा गरेर बदनामी कमाएको बतास ग्रुपले रजानीतिक पहँुचको भरमा विघटित नारायणहिटी राजदरबारको १५ रोपनी जमिनमा रेष्टुरेन्ट खोल्न लिजमा लिएको छ । योसँगै ग्रुप नारायणहिटीभित्रको जमिनमा कब्जा जमाउने निश्चित भएको हो ।
आनन्द बतासको गोल्डक्वाइस्ट काण्डमा मुछिएकै कारण म्याग्दीका तत्कालीन एमाले सांसद निल बहादुर तिलिजा राजनीतिबाट पलायन हुनुप¥यो । तिलिजा पलायन भएपछि बतास नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको शरणमा पुगेका छन् भने देउवाकै कारण सत्ताको समेत नजिक हुँदै आएका छन् ।
अहिले पनि केपी ओलीको सरकारसँग लेनदेनको आधारमा उनले नारायणहिटीको जमिन लिजमा लिन सफल भएका हुन् । केशरमहल अगाडिदेखि नारायण मन्दिरसम्मको १५ रोपनी जग्गा बतास ग्रुपले लिजमा लिएर अरुलाई सब–लिजमा दिने तयारी गरेको छ । सब–लिजमा दिनको लागि उक्त समूहले विभिन्न व्यवसायीहरुसँग मोलमोलाइ गरेर हिँडेको छ तर काठमाडौंको व्यवसायी भने ऐतिहासिक महत्व बोकेको सो स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दा नागरिकबाट विरोध आउने भन्दै तयार भएका छैनन् ।
नारायणहिटीको सो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरेमा नागरिकहरुले घृणास्वरुप आफूहरुलाई थुक्ने भन्दै काठमाडौंको व्यापारीहरु जमिन सबलिजमा लिन तयार नभएको एक व्यवसायीले आर्थिक दैनिकलाई बताए ।ट्रष्टले ग्रुपको बीपीएस लिजिङ तथा म्यानेजमेन्ट प्रालिलाई असारदेखि नारायणहिटीभित्र रेस्टुरेन्ट सञ्चालनको लागि अनुमति दिइसकेको छ ।
नारायणहिटी क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गर्नको लागि गत साउनमा संग्रहालय विकास समितिले टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानपछि बतास ग्रुपकै तीनवटा कम्पनी छनौट गरिएको थियो भने उक्त छनौट प्रक्रिया मिलेमतोमा भएको थियो । बतास ग्रुपलाई मात्र छनौट गर्नका लागि जोकर रेस्ट्रो तथा लाउन्जलाई प्राविधिक रुपमै फेल गराएका थिए ।
बतास ग्रुपको बीपीएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, आनन्द प्रालि र बतास एसोसिएट्सलाई टेन्डरमा सहभागी गराई सेटिङका आधारमा बीपीएसलाई टेण्डर दिइएको छ ।
पहुँचकै आधारमा पशुपति धर्मशाला र पाटन संग्रहालय क्षेत्रमा पनि बतास समूहले ट्रष्टको सम्पत्ति दुरुपयोग गरिरहेका छन् । बतासले पशुपति क्षेत्र विकास कोषको करिब १९ रोपनी जग्गामा फैलिएको धर्मशालालाई होटेलमा परिणत गरेका छन् । उनीहरुले तीन तलको धर्मशालालाई चार सय बेडको होटेल बनाई लिजमा दिएका छन् । ग्रुपले आनन्द प्रालिलाई १५ वर्षको लागि भाडामा होटेल सञ्चालन गर्न दिएका छन् ।
यस्तै पाटन संग्रहालयको हकमा भने ग्रु्पले पाटन संग्रहालय विकास समितिको बाधपाटी १५ वर्षका लागि भाडामा लिई भाडामा लगाएको छ । ग्रुपले बीपीएस लिजिङ म्यानेजमेन्ट प्रालिलाई व्यवसाय सञ्चालन गर्नका लागि भाडामा दिएको हो । ग्रुपले पहुँचको भरमा आफूले न्यून दरमा सरकारबाट भाडामा लिने र चर्कोदरमा भाडामा लगाउने गर्दै आएको छ । पाटीमा बैंकहरुका शाखा, कफी सपलगायतका विभिन्न व्यापारिक प्रयोजनको लागि प्रयोग भइरहेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया