
काठमाडौं ।
चालू आर्थिक वर्षको सात महिनाको अवधिमा संघीय सरकारको कुुल खर्च चार खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्य समेतका आधारमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आवको सात महिनाको प्रतिवेदनअनुसार २०७७ माघ मसान्तसम्ममा चालू खर्च चार खर्ब छ अर्ब ७३ करोड, पुँजीगत खर्च ६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ३० अर्ब ११ करोड गरी कुल चार खर्ब ९९ अर्ब ६८ करोड खर्च भएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा सरकारको कर राजस्व चार खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड गरी कुल राजस्व चार खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा २० अर्ब पाँच करोड रुपैयाँबराबरको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी उक्त परिमाणमा आन्तरिक ऋण परिचालन भएको हो । यस अवधिमा विस्तृत मुद्राप्रदाय १० दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय पाँच दशमलव छ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय २३ दशमलव तीन प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा खुद वैदेशिक सम्पत्ति सात दशमलव तीन प्रतिशत अर्थात् ९७ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति दुई दशमलव दुई प्रतिशत अर्थात् २१ अर्ब ६१ करोड रुपैयाँले बढेको थियो । चालू आवको सात महिनामा सञ्चित मुद्रा भने आठ दशमलव एक प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा पाँच दशमलव तीन प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा सञ्चित मुद्रा २२ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया