बैंकस्तरीय कारोबार रकममा गिरावट
आठ महिनामा सात खर्ब ४५ अर्ब रुपैयाँ मात्र कारोबार
काठमाडौँ ।
बैंकिङ क्षेत्रमा अन्तरबैंक अर्थात् बैंकस्तरीय कारोबार रकममा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल सात खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आवको सोही अवधिको तुलनामा झण्डै पाँच खर्ब रुपैयाँले कम हो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो आठ महिनाको अवधिमा पाँच खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरुले भने एक खर्ब ४६ अर्ब ७० करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका छन् ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले १३ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुको मात्र अन्तरबैंक कारोबार रकम १२ खर्ब २७ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल अन्तर बैंक कारोबार रकम एक खर्ब १० अर्ब पाँच करोड रुपैयाँ रहेको थियो । सोही आधारमा २०७६ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ९७ प्रतिशत रहेकोमा २०७७ फागुनमा दुुई दशमलव तीन प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा चार दशमलव ३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा एक दशमलव २६ प्रतिशत रहेको छ ।
मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा एक दशमलव २६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ फागुनमा नौ दशमलव ४५ प्रतिशत रहेकोमा २०७७ फागुनमा छ दशमलव ८४ प्रतिशत कायम भएको छ । २०७७ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः छ दशमलव ७७ प्रतिशत र ११ दशमलव ८० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया