Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकेयर नेपालद्वारा चार लाखभन्दा बढीको विभिन्न सामग्री हस्तान्तरण

केयर नेपालद्वारा चार लाखभन्दा बढीको विभिन्न सामग्री हस्तान्तरण


बाँके ।
बाँकेमा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण अप्रत्यासितरूपले बढेपछि कोरोना संक्रमणका विरुद्ध जुध्नका लागि विभिन्न संघसस्थाहरूबाट सहयोगी सामान उपलब्ध गराउन थालिएको छ । पछिल्लो समयमो केयर नपालले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेलाई चार लाख २६ हजार छ सय नौ रुपैयाँबराबरको विभिन्न सहयोगी सामानहरू उपलब्ध गराएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल मास्क, हेन्ड स्यानिटाइजर, ग्लोब्स, पीपीई सेट, हेन्ड वासिङ लिक्वीड गरी उक्त रकमबराबरको सामग्री जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण गरेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए । सो सामग्री जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको छ ।

यसअघि पनि केयर नेपालले स्थानीय गैससहरूसँगको साझेदारीमा हाई फ्लो नोजल क्यानुला चार सेट १४ लाख एक हजार दुई सय, बीआईपीएपी आठ सेट पाँच लाख ४२ हजार, चार सय, पल्स अक्सिमिटर ७० थान, एक लाख ९७ हजार सात सय ५०, फेसशिल्ड हजार थान ४२ लाख ५० हजार, पीपीई सेट क्याटोगरी एकको आठ सय ६१ सेट १९ लाख ९६ हजार १ सय ४०, पीपीई सेट क्याटोगरी दुईको ५० सेट एक लाख ३८ हजार दुई सय ५०, डिस्पोजेबल ग्लोब्स, ३० बक्स २३ हजार चार सय ७५, सर्जिकल मास्क ४५ प्याकेट १६ हजार दुई सय १५, स्यानिटाइजर पाँच लिटरको २५ जार ४६ हजार एक सय ५० र एन ९५ मास्क दुई सय पिस १३ हजार पाँच सय ६० गरी ८६ लाख २५ हजार तीन सय १५ बराबरको सामग्री विभिन्न समयमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई उपलब्ध गराइसकेको छ ।

कोहलपुरमा निःशुल्क स्वाब सङ्कलन : कोहलपुर नगरपालिकाले शुक्रबारदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन सुरु गरेको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गर्न लागेको हो ।

शुक्रबार पहिलो चरणमा कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गरिएको कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिए । खनालले आवश्यकताअनुसार कन्ट्याक्ट ट्रेसिङबाहेकका अन्य नागरिकको समेत स्वाब सङ्कलन गरिने जानकारी दिए । हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र वैदेशिक रोजगारीबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरूसहित ३० जनाको स्वाब सङ्कलन गरिने बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया