Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान खोजौँ’

‘सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान खोजौँ’


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान खोज्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।

साथै उनले श्रम सम्बन्ध सुधारको दिशातिर बढे पनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताए । अध्यक्ष गोल्छाले १३२औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा जोड दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हामीसामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए ।

‘यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्नसक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुनुपर्नेछ’, उनले भने, ‘विश्वभर नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जिउज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया