राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस
काठमाडौं ।
निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । जेठ १७ गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालयमार्फत राष्ट्रपतिसमक्ष पेस गरेको आयोगले जनाएको छ । उक्त प्रतिवेदन आयोगको बिहीबारको निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेस गरिएको हो ।
उक्त प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए/गरेका कार्यहरू राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति, मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणालगायतका विषयहरू समावेश गरी तयार गरिएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दीर्घनारायण पाण्डेय निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया