Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआरएनएद्वारा थप चार सय २८ अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनआरएनएद्वारा थप चार सय २८ अक्सिजन कन्सन्ट्रेटर सहयोग


कञ्चनपुर ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत थप चार सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । संघको विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा जम्मा गरिएका उक्त कन्सन्ट्रेटर शनिबार काठमाडौँमा आइपुगेको हो । जसमा यूकेबाट एक सय ५०, अस्ट्रेलियाबाट एक सय, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सातवटा र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटरको खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

चीनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरिद प्रक्रिया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले व्यहोरेको थियो । यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा एक सय ४५ अक्सिजन सिलिन्डर खरिदसहित एक हजार एक सय ५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरी सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ । विश्वभरबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया