Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको मद्रास कम्पनी आधार कार्ड छपाइमा भारतमै निलम्बनमा परेको खुलासा

अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको मद्रास कम्पनी आधार कार्ड छपाइमा भारतमै निलम्बनमा परेको खुलासा


काठमाडौं । भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्स प्रालि आफ्नै देशमा निलम्बनमा परेको खुलासा भएको छ । मद्रासले आधार कार्ड छपाइमा बदमासी गरेकोले भारत सरकारले यो समाचार तयार पार्दासम्मको मितिमा निलम्बनमा राखेको छ ।

नेपाली उद्योगीलाई बाइपास गर्दै आफैँले बनाएको नियम मिच्दै अन्तःशुल्क स्टिकर छपाइको ठेक्का भारतीय विवादित कम्पनीलाई दिएपछि आन्तरिक राजस्व विभागमाथि प्रश्न उठेको छ । केन्य, साउथ सुडानलगायत धेरै देशमा कालोसूचीमा परेको मद्रासलाई विभागले एक करोड आठ लाख ८२ हजार अमेरिकी डलर (एक अर्ब २६ करोड नेपाली) मूल्यबराबरको ठेक्का दिएको छ ।

मद्रासले स्मार्ट लाइसेन्समा नेपाल सरकारलाई बन्धक बनाएको छ । सफट्वेयर र कार्ड प्रिन्टमा ठेक्का पाएको यो कम्पनीको बदमासीका कारण झण्डै छ लाख सेवाग्राहीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पास गरेका छन्, तर स्मार्ट कार्ड पाएका छैनन् ।

नेपाली जनतालाई सास्ती दिने मद्रासलाई नै विभागले ठेक्का दिएर पुरस्कृत गरेको भन्दै विरोध भइरहेको छ । बोलपत्रसम्बन्धी आफैँले बनाएको नियमविपरीत विभागले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाइको ठेक्का दिएपछि नेपाली उद्योगी अदालत पुगेका छन् । सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकरसम्बन्धी बोलपत्रका सम्पूर्ण कामकारबाही रोक्न अन्तरिम आदेश दिएको छ । आज पेशी तोकिएको छ । मिराज प्रिन्टिङ सलुसन प्रालिका तर्फबाट गुञ्जना ढुंगनाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यसअघि पनि पटक–पटक सर्वोच्चले नेपाली कम्पनीलाई बोलपत्रमा सहभागी गराउन विभागलाई आदेश दिइसकेको थियो । तर, विभागले अटेर गर्दै आएको छ ।

नेपालमै सेक्युरिटी प्रिन्टिङ उद्योग सञ्चालन गरेर गुणस्तरीय काम गरिरहेका नेपाली कम्पनीलाई अन्तःशुल्क स्टिकरमा छपाइसम्बन्धी बोलपत्रमा सहभागी नगराउनुलाई कमिसनको खेल भएको बताइएको छ । काम नगर्ने तर ठेक्का लिँदा ठूलो कमिसनको चलखेल गर्ने भएकैले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाइको ठेक्का दिइएको विभाग स्रोतको दाबी छ । अन्तःशुल्क स्टिकरको ठेक्का विभागका पूर्वमहानिर्देशक विनोदबहादुर कुँबरको समयमा खुलेको थियो । अहिलेका महानिर्देशक शोभाकान्त पौडेलले पनि त्यसलाई नै निरन्तरता दिएका छन् ।

मिराज प्रिन्टिङ सलुसन प्रालिले नेपालमै नेपाल टेलिकमको रिचार्ज कार्ड छपाइ गरिरहेको छ । सन् २०१८ मै नेपाल टेलिकमले रिचार्ज कार्ड छपाइमा मिराज कम्पनीले टेन्डरमा मागिएका सुरक्षा र आवश्यक ताकागजातको सीमाभित्र रहेर छपाइ तथा सप्लाइ गरिरहेको भन्दै ‘नो अब्जेक्सन’ पत्र लेखेको थियो । पत्रमा टेलिकमले रिचार्ज कार्ड छपाइमा मिराजले गुणस्तर र सुरक्षाबारे कुनै गुनासो वा उजुरी नभएको समेत उल्लेख गरेको छ । टेलिकमले नेपाली सेक्युरिटी प्रिन्टिङ कम्पनीले गुणस्तरीय रिचार्ज कार्ड छपाइ गरेकोमा गर्व समेत गरेको छ ।

सरी नेपाली कम्पनीले नेपालमै गुणस्तरीय छपाइ गर्दागर्दै भारतीय बदनाम कम्पनीलाई ठेक्का दिनु सरासर गलत नियत भएको पुष्टि हुन्छ । नेपाली कम्पनीलाई बाइपास गर्दै नियमविपरीत भारतीय बदमना कम्पनीलाई दिएको छपाइ ठेक्का सर्वोच्च अदालतले बदर गरी नयाँ टेन्डरमा जाने आदेश गर्नेमा नेपाली उद्योगीको अपेक्षा गरेका छन् ।

स्मार्ट लाइसेन्समा हैरानी पारेको मद्रासले केन्या र साउथ सुडानमा पनि त्यस्तै गरेको छ । केन्याका सार्वजनिक अभियोजन निर्देशालयको कार्यालयले मद्रासका आठ निर्देशकहरूलाई गिरफ्तार गर्न भनेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया