Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीर अस्पतालमा आईसीयू बेड हस्तान्तरण

वीर अस्पतालमा आईसीयू बेड हस्तान्तरण


काठमडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको तर्फबाट सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई उक्त आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

सोही क्रममा सोमबार नै प्रतिष्ठानले नेपाल प्रहरी अस्पताल पानीपोेखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गरेका छ । डा. विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठन नेपालको संयोजनमा वीर अस्पतालमा ३० वटा आईसीयू बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो ।

चिनियाँ संघसंस्था र सहयोगी हातहरूका तर्फबाट प्राप्त एक सय ५० वटा आईसीयू बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरूमा वितरण गरिने मन्त्री श्रेष्ठले जानकारी दिइन् । निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै वीर अस्पतालका प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरूको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न र अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको बताए । नेपाल प्रहरी अस्पतालको प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तीय सेवा पु-याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताइन् ।

प्रतिष्ठानको तर्फबाट पाटन अस्पता, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल चितवन, योगी नरहरी नाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलिखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, पर्वत जिल्ला अस्पताल पर्वत, बाग्लुङ जिल्ला अस्पताललगायतमा आईसीयू बेड, सर्जिकल मास्क र बडीब्याग वितरण गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया