वित्तीय विवरण प्रकाशन गर्न लघुवित्तद्वारा आलटाल
काठमाडौं । दुई दर्जन बढी लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरण प्रकाशनमा आलटाल गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार त्रैमासिक सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्नेमा हालसम्म सञ्चालनमा रहेका ६७ वटा लघुवित्त संस्थाहरुमध्ये ४१ वटाले मात्र चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार २६ वटा संस्थाहरुले अझै अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४९ करोड ८४ लाख ४२ हजार तीन सय ५३ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने छिमेकको यस्तो नाफा ६१ करोड ५४ लाख ९३ हजार सात सय ५७ रुपैयाँ रहेको थियो । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा १० करोड ४४ लाख ३२ हजार छ सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो संस्थाको यस्तो नाफा सात करोड ५६ लाख १६ हजार पाँच सय ९३ रुपैयाँ रहेको थियो । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले भने पछिल्लो अवधिमा १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने ग्लोबलको यस्तो नाफा १२ करोड नौ लाख ८० हजार रुपैयाँ रहेको थियो । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा चार करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड २४ लाख १४ हजार रुपैयाँ रहेको थियो । आशा लघुवित्त वित्तीय संस्थाले भने चालू आवको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ७३ लाख ८४ हजार एक सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड १६ हजार सात सय ६० रुपैयाँ रहेको थियो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ थियो ।
यसैगरी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिकमा नौ करोड २४ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा नौ करोड चार लाख रुपैयाँ रहेको थियो । कालिका लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा आठ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कालिकाको यस्तो नाफा दुई करोड ७५ लाख ५५ हजार रुपैयाँ रहेको थियो । साधना, डिप्रोस्क, एनएमबी र समिट लघुवित्त वित्तीय संस्थाहरुले भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः सात करोड ५७ लाख ७४ हजार, ३३ करोड ४४ लाख ८१ हजार, सात करोड २५ लाख ७७ हजार र आठ करोड ५० लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । सृजनशील, राष्ट्र उत्थान, आरएसडीसी र गणपति लघुवित्त वित्तीय संस्थाहरुले भने पछिल्लो अवधिमा क्रमशः तीन करोड २७ लाख ९२ हजार, तीन करोड ६८ लाख ८० हजार, चार करोड ८९ लाख १९ हजार र ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
चालू आवको दोस्रो त्रैमासिकमा सिभिल, महुली, मेरो माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाहरुले भने क्रमशः तीन करोड ७५ लाख ३३ हजार, पाँच करोड ५६ लाख ३७ हजार, २६ करोड ६५ लाख ६२ हजार र नौ करोड एक लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी आदर्श, आँधीखोला, वोमी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः १४ लाख ७० हजार, दुई करोड ४६ लाख २८ हजार, आठ करोड ७७ लाख नौ हजार र आठ करोड २७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा गुराँस, फरवार्ड, नेशनल र स्वाभिमान लघुवित्त वित्तीय संस्थाहरुले भने क्रमशः ७३ लाख ८९ हजार, ४५ करोड ६० लाख ९५ हजार, २४ करोड ६१ लाख तीन हजार र दुई करोड १९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
मानुषी, सबैको र महिला लघुवित्त वित्तीय संस्थाहरुले भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः एक करोड ५१ लाख ३१ हजार, पाँच करोड ७१ लाख ८५ हजार र आठ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी सपोर्ट र सूर्योदय लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ९९ लाख सात हजार र छ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया