काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । शनिबार राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया