Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्विट्जरल्यान्डले नेपाललाई ८६ करोड सहयोग दिने सम्झौता

स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड सहयोग दिने सम्झौता


काठमाडौं । स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । स्विस राजदूतावासमार्फत हुने गरी अर्थ मन्त्रालय र स्विस सरकारबीच वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उपलब्ध गराउने गरी परियोजना कार्यान्वयन गर्न उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रम अनुरुप उक्त परियोजनाको उद्देश्य विदेशबाट रोजगारीबाट फर्केकाहरूलाई सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक गतिविधिमा सक्रिय सहभागिता गराउनु रहेको छ । हाल आएको सहयोग मधेशका २० स्थानीय तह र प्रदेश १ मा कार्यान्वयन हुनेछ । चार वर्षे अवधिको यो कार्यक्रम आगामी जुलाईबाट सुरु हुनेछ । सरकारी बजेटरी व्यवस्थाभित्रै रहेर यो कार्यक्रम कार्यान्वयन हुने भएको हो । यसअघि पनि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा स्विट्जरल्यान्डले नेपाललाई सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया