२८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै
काठमाडौं । नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरूले ‘२८औँ विश्व आदिवासी दिवस’ संयुक्तरूपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्तरूपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।
महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रूपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए ।
मूल समारोहको रूपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दै छ । महासंघका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य सातवटा संस्थाहरूको अगुवाइमा विभिन्न कार्यक्रम हुनेभएको छ । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउँदै आएको छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया