Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराणाको अर्को बयान १९ गते

राणाको अर्को बयान १९ गते


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संघीय संसदको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रम जारी जारी छ । बुधबार र बिहीबार बयान दिएका राणाले अब १९ गते आइतबार पनि बयान दिनेछन् ।

सिंहदरबारमा बसेको समितिको बैठमा बिहीबार दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कुल छवटा प्रश्नमा मात्र सवाल÷जवाफ भएको छ । कुल प्रश्न ४३ वटा छन् । त्यसमध्ये बुधबार चार प्रश्नमा सवाल÷जवाफ भएको थियो ।

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले महाभियोग सिफारिस समिति तथा सांसदमाथि नै निष्पक्षताको प्रश्न उठाएका थिए । उनले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरूपमा आरोप लगाएको बयान दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया