Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचोलेन्द्र शमशेरले सर्वोच्चका सबै न्यायाधीशलाई नगरकोटमा रात्रिवास गराएको खुलासा

चोलेन्द्र शमशेरले सर्वोच्चका सबै न्यायाधीशलाई नगरकोटमा रात्रिवास गराएको खुलासा


काठमाडौं ।महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले झूठो दाबी पेश गरेका छन् ।

उनले सेटिङमा न्यायाधीशहरुलाई सामूहिक रुपमा धम्क्याउन सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको श्रीमान्श्रीमतीलाई नगरकोटको एक रिसोर्टमा रात्रिवास गराएको कुरा लुकाएका छन् ।

त्यतिबेला नेकपा विभाजनसम्बन्धी फैसलाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, दीपक कार्की र आनन्द मोहन भट्टराईको संवैधानिक इजलास गठन भएको थियो । ऋषि कट्टेललाई नेकपा दिने सर्वोच्चको फैसलाविरुद्धको उक्त मुद्दामा २०७८ जेठ १८ गते संवैधानिक इजलास विभाजित भयो ।

तेजबहादुर केसी र बमकुमार श्रेष्ठको एउटा फैसला आयो । दीपक कार्की र आनन्द मोहन भट्टराईको अर्को फैसला आयो । प्रधानन्यायाधीश राणा धर्मसंकटमा परे । त्यसपछि संवैधानिक इजलास चल्नै नसक्ने अवस्थामा पुगेपछि प्रधानन्यायाधीश राणाले दुई जना व्यापारीलाई हारगुहार गरेर सर्वोच्च अदालतका सबै न्यायाधीशका श्रीमान्श्रीमती दुवै जनालाई २०७८ जेठ १९ गते नगरकोटको होटल मिस्ट्रिक माउन्टेनमा रात्रिवासका लागि पु¥याएका थिए ।

आफ्नो स्वार्थका लागि कुनै काम गर्न बाँकी नराख्ने प्रधानन्यायाधीश राणाले सर्वोच्चका सबै न्यायाधीशहरुलाई नगरकोटको मिस्ट्रिक माउन्टेनमा पु¥याएको कुरा सबैतिरबाट गोप्य राखिएको छ ।

त्यो कुरो त्यति बेलाका प्रधानमन्त्री केपी ओलीलाई पनि थाहा थियो । उनले आप्mनै पक्षमा संसद् विघटनको फैसला ल्याउन त्यो रात्रिवास गरिएको भ्रममा मौन समर्थन गरेका थिए । तर जति बेला सर्वोच्चका सबै न्यायाधीश श्रीमान्श्रीमतीसहित मिस्ट्रिक माउन्टेन पुगेका थिए, त्यति बेला नेकपा फुटेर फेरि माओवादी केन्द्रको अध्यक्ष बनेका प्रचण्ड भनिने पुष्पकमल दाहाल आफ्ना दुई छोरीहरु लिएर मिस्ट्रिक माउन्टेन नजिकैको नेत्र वान्तवाले सञ्चालन गरेको द फोर्ड रिसोर्टमा पुगेर रात बिताएका थिए ।

जेठ १९ गते राति ९ बजेपछि सर्वोच्चका न्यायाधीशहरुको जोडी लर्को लागेर नगरकोटको मिस्ट्रिक माउण्टेन नामको होटलमा पुगेका थिए । त्यहाँ छलफल तथा खानपिन गरेर रात बिताएका थिए । सोही होटलमा उक्त रात दुई भारतीय नागरिक पनि देखिएका थिए । भारतको मानवअधिकार आयोगका बहालवाला अधिकारी र हाइकोर्टका पूर्वन्यायाधीश त्यहाँ देखिनुलाई निकै अर्थपूर्ण मानिएको थियो ।

त्यतिबेला सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्याधीश राणासँग भड्किसकेका थिए र उनको संवैधानिक इजलासमा नबस्ने अवस्थामा पुगेका थिए तर हालको सत्तारुढ गठबन्धनलाई जसरी पनि संसद् विघटनसम्बन्धी मुद्दा फैसला गराउनैपर्ने अवस्था थियो । त्यसका लागि संवैधानिक इजलास सञ्चालन गराउनैपर्ने थियो ।

त्यो कुरो बुझेका प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास पुनर्गठन गरेर अघि बढ्ने विश्वास दिलाउन व्यापारीद्वय विनोद चौधरी र निरजगोविन्द श्रेष्ठमार्फत सर्वोच्च अदालतका सबै न्यायाधीशहरुलाई जेठ १९ गते राति नगरकोट पु¥याएका थिए । त्यस रातको नगरकोट बसाइपछि बिहान सबेरैदेखि न्यायाधीशका जोडी त्यहाँबाट बाहिरिएका थिए र तीमध्येका केहीचाहिँ ब्रेकफास्ट खान कान्तिपथमा रहेको एल्लो पेगोडा होटलमा पुगेपछि सामाजिक सञ्जालमा सूचना चुहिएको थियो ।

न्यायाधीशहरु त्यहाँबाट निस्किएपछि होटलकै अर्को हलमा मदिराको नसामा लठ्ठिएर बसेका आठ भाइ वकिलहरुसँग ती भारतीय पाहुनाले भलाकुसारी गरेका थिए । त्यहाँबाट २० गते बिहान न्यायाधीशहरु फर्किए र २१ गते संवैधानिक इजलास पुनर्गठन गरियो । त्यही पुनर्गठित इजालासले असार २९ गते दोस्रो पटकको संसद् विघटनको मुद्दामा संसद् पुनस्र्थापनाको परमादेश गरेको थियो ।

संसद् विघटनको पहिलो चरणको मुद्दा चल्दाचल्दै प्रधानन्यायाधीश राणाले बिचौलिया प्रमोद क्षेत्रीमार्फत केही सञ्चारमाध्यमलाई रकम बाँडेको कुरा समेत सार्वजनिक भएको थियो र चेकबाट घुस फिर्ता गरिएको चर्चा अहिले पनि चलिरहेकै छ भने दोस्रो पटक संसद् विघटन भएपछि केही सञ्चारमाध्यमलाई उनले आफ्नै छोरोमार्फत कालोधन वितरण गरेको चर्चा सेलाएको छैन ।

राम्रो काम गरेको र सफा नियत भएको व्यक्तिले यसरी सर्वोच्चका न्यायाधीशहरुलाई श्रीमतीसहित रात्रिवासका लागि नगरकोट पु¥याउनुपर्ने थिएन र सञ्चारमाध्यमलाई यसरी प्रभावमा पार्नुपर्ने थिएन । तर यो मूल कुरो महाअभियोगको प्रस्तावमा पनि समेटिएन, उनलाई कसैले जबर्जस्ती नगरकोट पु¥याएको थियो भने उनले त्यसको भण्डाफोर गर्ने नै थिए । जसरी अहिले चर्को स्वरमा अन्य कुरा बोलिरहेका छन्, तर यो कुरा किन उनले उठाएका छैनन् भने यो आपराधिक कर्म उनले नै गरेका थिए ।

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया