Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१८ सय ३८ अंकमा ओर्लियो सेयर बजार

१८ सय ३८ अंकमा ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ११ दशमलव १९ अंकले बढेर ७२ करोड रुपैंयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार बजार परिसुचक पुन नौं दशमलव ८३ अंकले ओरालो लागेर १८ सय ३८ दशमलव ९६ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन एक दशमलव ४५ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको १७ हजार नौं सय ६४ पटकको कारोबारमा २५ लाख ४२ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x