Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअरुण तेस्रो, माधव नेपाल र ग्राउण्ड ह्याण्डलिङ

अरुण तेस्रो, माधव नेपाल र ग्राउण्ड ह्याण्डलिङ


काठमाडौं । नेपालको राजनीतिक वृत्तमा पार्टीगत रुपमा नभए पनि व्यक्तिगत रुपमै सही, हालको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एक अपरिहार्य पात्रका रुपमा रहेका छन् र गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यही रुपमा लिएका छन्, यी माधव नेपाल यसअघि नेकपा एमालेको महासचिव थिए, मदन भण्डारीको हत्यापछि त्यो पार्टीमा सबैभन्दा बढी फाइदा उठाउने व्यक्ति पनि यिनै हुन् र सबैभन्दा अविश्वासिलो पात्र पनि यिनै हुन् ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछिको संविधान मस्यौदा समितिमा उनी नेकपा मालेको तर्फबाट सदस्य थिए । संविधान जारी भएपछि आफैँले बनाएको कारण अरुण तेस्रो भारतलाई जिम्मा लगाउनका लागि रहेछ भन्ने कुरा अहिले कसैबाट छिपेको छैन । मदन भण्डारीको दासढुंगाकाण्डमा पार्टीका तर्फबाट ठोसरुपमा छानबिन नहुनुमा पनि उनकै भूमिका छ ।

बहुदल आएदेखि नै माधव नेपालले आफूलाई अपरिहार्य पात्र स्थापित गर्ने प्रयास गर्दै आएका छन् । २०५९ असोज १९ मा राजाले शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गर्दा बिन्तीपत्र हाल्ने नेपाल २०७४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि पनि उनलाई प्रधानमन्त्री नबनाई संविधान बन्ने अवस्था आएन भनेर गिरिजाप्रसादले नै प्रस्ताव गरेर उनलाई प्रधानमन्त्री बनाए । तर त्यसको केही समयपछि भएको पार्टीको निर्वाचनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएपछि रन्थनिएका नेपाल केपी ओलीसँग सहकार्य गर्न पुगे तर ओलीसँगको सहकार्यलाई उनले पचाउन सकेनन् र माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर उनी ओलीविरुद्धको मोर्चाबन्दीमा लागे । अहिले त्यही मोर्चाबन्दीको नेताका रुपमा उनले एमाले फुटाएर बनाएको नेकपा एकीकृत समाजवादी पनि ५ दलीय गठबन्धनको सरकारमा एउटा महत्वपूर्ण अंश बनेको छ । सरकारमा उनको पार्टीलाई परेका मन्त्रालयमध्ये पर्यटन मन्त्रालय पनि एक हो । यही पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमले गर्दै आएको त्रि.वि. अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम निगमबाट खोसेर प्राइभेट कम्पनीलाई दिन सिफारिस गरिएको छ र त्यसको दोष नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ वा एयरपोर्टका महाप्रबन्धक प्रेमनाथ ठाकुरमध्ये जसलाई दिए पनि माधव नेपालको स्वीकृतिविना यो प्रक्रिया अघि बढेको होइन, माधव नेपाल आफूलाई फाइदा नहुने काम केही पनि गर्दैनन् र आफूलाई फाइदा हुने काम कस्तै अवस्था पनि छाड्दैनन् भन्ने कुराको प्रमाण किरिया बस्दा बिन्तीपत्र बोकेर दरबार पुगेको घटनाले नै देखाएको छ । उनलाई फाइदा हुने भएपछि सारा नेपाली जनतालाई १८ घण्टा लोडसेडिङमा पार्ने गरी अरुण तेस्रोबाट एडीबीलाई फिर्ता पठाइदिए । आफूले हरुवाचरुवाका रुपमा हेरेको केपी ओली एकछत्र प्रधानमन्त्री हुने लक्षण देखेपछि पार्टी फुटाएर उसलाई सडकमै पु-याउन पछि नपर्ने नेपालले नेपाल वायुसेवा निगम नचल्दा उनलाई फाइदा हुन्छ भने त्यसलाई चल्न देलान्जस्तो लाग्दैन र अब धेरै दिन निगमले ग्राउण्ड ह्याण्डलिङको काम पाउला जस्तो पनि देखिँदैन । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया