सेञ्चुरी बैंककै कारण प्रभुसँगको मर्जरमा ढिलाइ
गत साउनमा मर्जरको लागि सम्झौता भए पनि अझै पनि लागेन एकीकृत कारोबारको टुंगो
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर हुने भनिएपछि सेञ्चुरी कमर्सियल बैंककै कारण यी दुई बैंकहरुबीचको मर्जर प्रक्रियामा ढिलाइ भएको छ । यी दुवै बैंकले २०७९ साउन १५ गते मर्जरको लागि सम्झौता गरेका थिए । सो अनुसार मर्जरको लागि सम्झौता भएको झण्डै चार महिना व्यतित भइसकेको छ तर अहिलेसम्म पनि एकीकृत कारोबारको कुनै टुंगो लागेको छैन । यसको पछाडिको प्रमुख कारण नै सेञ्चुरी बैंकले विभिन्न संस्थाहरुसँग रहेको भुक्तानी विवाद नसुल्झाउनु रहेको प्रभु बैंकका पूर्वसञ्चालक एवं संस्थापक सेयर लगानीकर्ताहरु बताउँछन् ।
नाम उल्लेख नगर्ने शर्तमा ती पूर्वसञ्चालक भन्छन्, ‘सेञ्चुरी बैंकमा केही समस्या छ, त्यो समस्या एम.एम रेमिटसँगको भुक्तानी विवाद एउटा हो भने अरु पनि संस्थागत सुशासनसम्बन्धी कमी कमजोरी छन्, ती समस्या समाधान नभएसम्म अर्थात् सेञ्चुरी एमएम रेमिटसँगको भुक्तानी विवाद नसुल्झाएसम्म मर्जर प्रक्रिया टुंगोमा नपुग्न सक्छ । यस अर्थमा मर्जरलाई सफल पार्नको लागि सेञ्चुरीले उक्त रेमिट कम्पनीसँगको समस्या के हो, लेनादेना सबै फरफारक पारी भुक्तानी विवाद यथाशक्य छिटो सुल्झाउनुपर्छ ।’ होइन भने सेञ्चुरीले बैंकमा भएको समस्याको कारण राष्ट्र बैंकले गर्नसक्ने सम्भावित कारबाही रोक्न मर्जरमा जान लागेको गलत नजीर बस्ने ती सञ्चालकले बताए ।
यसअघि प्रभु बैंक र सेञ्चुरीले २०७९ साउनमा मर्जरसम्बन्धी सम्झौता गर्दा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरको लागि दुवै बैंकबीच एक बराबर एकको अनुपातको रेसियोमा मर्ज हुने भनिए पनि यसमा परिवर्तन हुनसक्ने बताइएको थियो । मर्जरपश्चात् बन्ने बैंकको नाम पनि प्रभु बैंक नै रहने विषयमा दुवै बैंकका सञ्चालकहरुबीच सहमति पनि भएको थियो ।
सम्झौतामा प्रभु बैंकले सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै पद पाउने विषयमा पनि सहमति भएको थियो । सो अनुसार मर्जरपछि बन्ने प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृतमा भने हालका सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने कायम रहने सहमति भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया