माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैटौँ आयोजनाको रूपमा दार्चुला जिल्लामा बहने चमेलिया नदीमा उक्त आयोजना निर्माण गरिरहेको हो ।
४० मेगावाट क्षमतको यस आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् शक्ति नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाको बलाँच सबस्टेसनमा १३२ केभीका टावरहरूबाट जडान गरिनेछ । आयोजनाको निर्माण कम्पनीले २४ महिनाभित्रै सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैटौँ आयोजनाको निर्माणपश्चात् कम्पनीले सेयरधनीहरूलाई अझ आकर्षक लाभांश दिन सक्ने समेत जनाएको छ । यो आयोजना विसं २०८० साल वैशाखभित्र सञ्चालनमा आउने समेत कम्पनीले जनाएको छ ।
हाल आयोजनाको विद्युत्गृह, सर्ज ट्यांक, सबस्टेसनको निर्माणकार्य सतप्रतिशत सम्पन्न भइसकेको छ भने एलान्मेन्टतर्फ आठ सय मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिलकार्य भइरहेको छ । आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरू साइटमा जडानको कार्य समेत सुरु गरिएको छ । आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाइमा रहेका कन्सोर्टियम बैंकहरूको लगानी रहेको छ ।
दार्चुला जिल्लामा कम्पनीले यसअघि ८ दशमलव ५ मेवा क्षमताको नौगड गाढ जलविद्युत् आयोजना र आठ मेवा क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ । कम्पनीले मिश्रित ऊर्जा नीतिलाई आत्मसात् गर्दै चार मेवा क्षमताको चन्द निगापुर सौर्य आयोजना, एक मेवा क्षमताको ढल्केवर सौर्य आयोजना र एक मेवा क्षमताको सिमरा सौर्य आयोजनाको निर्माण सम्पन्न गरी यी सौर्य आयोजनाहरू समेत राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिरहेको छ । दुईवटा जलविद्युत् आयोजनाहरू र तीनवटा सौर्य आयोजनाहरू सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाट नै सेयरधनीहरूलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो ऊर्जा कम्पनी रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया