व्यावसायिक प्रतिष्ठानमा राजस्वको छापा, घटना मिलाउन बिचौलिया सक्रिय
विराटनगर । राजस्व अनुसन्धान कार्यालय सुुनसरीले व्यावसायिक प्रतिष्ठानमा छापा मारेपछि अहिले बजारमा हलचल नै उत्पन्न भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा केही दिनअगाडि मात्रै राजस्व छली, दोहोरो बिल बिजक जारी, स्टिमेन्ट बिलका भरमा व्यावसायिक कारोबारले तीव्रता लिइएको कार्यालयले एक व्यावसायिक प्रतिष्ठानमा छापा मारेको थियो ।
राजस्व अनुुसन्धान सुुनसरीले विराटनगरको नारायण स्टोर्स र अम्बिका बस्त्रालयमा एक महिनाअगाडि गोप्यरूपमा छापा मारेको थियो । उक्त दुई व्यावसायिक प्रतिष्ठानमा एक महिनाअघि छापा मारेको भए पनि यसको बारेमा अहिलेसम्म कार्यालयले सार्वजनिक भने गरेको छैन । कार्यलयले उक्त घटनालाई सार्वजनिक नगरेपछि हाल घटनालाई ढाकछोप गर्नका लागि विराटनगरका अन्य केही प्रतिष्ठित व्यवसायीहरू विभिन्न खाले प्रस्ताव बोकेर राजस्व अनुसन्धानमा कार्यालयमा धाउने गरेको खुलेको छ ।
उनीहरूको सक्रियताले राजस्व अनुसन्धान पनि प्रभावित बन्दै गएको बुझिएको छ । एक व्यवसायीका अनुसार शासन सञ्चालनमा नै बिचौलिया, तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेकोले यो अनुसन्धानमा पनि बिचौलियाको आदेश पालना गरेर सुुनसरी राजस्व अनुसन्धानले उन्मुक्ति दिने तयारी गरेको छ । राजस्वले छापा मारेको पनि एक महिनाभन्दा बढी समय भइसकेको अवस्थामा पनि कुनै कारबाही नगरी घटनालाई गोप्यरूपमा राख्नुले उक्त कार्यालय पनि माफिया र बिचौलियाले नियन्त्रण लिएको महसुुस गर्न थालिएको छ ।
विराटनगरमा भएको यो छापा प्रकरणले राजस्व अनुुसन्धान विभागले पनि आफ्ना सबै संयन्त्रलाई बिचौलिया र माफियाको घेराबाट पूर्णरूपमा अलग राखी सुशासन कायम गर्न नसकेको टिप्पणी गर्न थालिएको छ । राजस्व छली नियन्त्रणका लागि सञ्चालनमा रहेका सरकारी निकाय नै बिचौलिया तथा अनियमिततामा रमाउने बदमासी समूहसँग मिलेर काम गर्न थाले पनि मुलुकको स्थितिको बारेमा चिन्ता समेत गर्न थालिएको छ ।
सुुनसरी राजस्वका प्रमुुख राजस्व अनुुसन्धान अधिकृत खेम ओझाको पछिल्लो शंकास्पद गतिविधिले विराटनगरका दुुई व्यावसायिक प्रतिष्ठानको छापा प्रकरण पनि राजस्व आफैँले गोप्य राखेको राजस्वस्रोतको दाबी छ । विराटनगरका दुुई व्यावसायिक प्रतिष्ठानमा भएको राजस्वको छापा प्रकरणले सरकारले पनि प्रशासनमा व्याप्त अनियमितता र विकृतिको अन्त्य गर्न प्रशासन क्षेत्रमा समेत निर्मम अप्रेसन गर्न जरुरी देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया