Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवान एक्स बेटमार्फत सट्टेबाजी गर्ने गिरोह पक्राउ

वान एक्स बेटमार्फत सट्टेबाजी गर्ने गिरोह पक्राउ


काठमाडौं । वान एक्स बेटमार्फत करोडौँ रूपैयाँ सट्टेबाजी गराउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टेबाजीमा संलग्न छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरूको सिमकार्ड तीन सय ४६ थान, विभिन्न कम्पनीहरूको मोबाइल फोन १० थान, विभिन्न बैंकहरूको चेकबुक तीन थान र एटीएम १४ थान र एसर कम्पनीको ल्यापटप एक थान बरामद गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया