सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न माग
वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ र टेलिभिजन प्रसारक सङ्घले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
मधेस प्रदेश सरकारका सञ्चारसम्बद्ध निकायलाई पूर्णरूपमा स्वायत र अधिकारसम्पन्न बनाउनुपर्ने, विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सञ्चारमाध्यमका लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्नुपर्नेलगायतका मागसहित संयुक्तरूपमा प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री र गृह तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, सामुदायिक रेडियो प्रसारक सङ्घ मधेस प्रदेशका अध्यक्ष मनोज यादव र टेलिभिजन प्रसारक सङ्घ मधेस प्रदेशका अध्यक्ष विष्णु कुँवरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गत वर्ष लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेका सञ्चारमाध्यमको बक्यौता रकमको भुक्तानी अविलम्ब उपलब्ध गराउन माग गरिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सञ्जयकुमार यादव र गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहलाई बुझाइएको ज्ञापनपत्रमा लोक कल्याणकारी विज्ञापनलाई हरेक वर्ष निरन्तरता दिनुपर्ने, हरेक आर्थिक वर्षको पहिलो महिना (साउन) देखि नै प्रकाशन तथा प्रसारणको हुने गरी व्यवस्था मिलाउनुपर्ने र सोको भुक्तानी सोही महिनाको मसान्तमा हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
गत वर्षदेखि सुरु भएको पत्रकार स्वास्थ्य बीमा योजनालाई निरन्तरता दिनुपर्ने, झन्डै दुई हजारलाई रोजगारी सिर्जना गरेको मधेस प्रदेशका सञ्चारमाध्यमको सवलीकरण तथा सशक्तीकरणका लागि विषेश योजना लागू गर्नुपर्ने, मधेश सरकारको नीति कार्यक्रमअन्तर्गत परेका विज्ञापनको अनिवार्य स्थानीयकरण गराउन विषेश पहल गर्नुपर्ने, मधेस सरकारको नीति कार्यक्रमअन्तर्गत परेका रेडियोहरूको नेटवर्किङमार्फत प्रसारणको यथाशीघ्र पहल गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । रासस
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया